CPN UML (नेकपा एमाले) APP
कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।